प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्रीबिच भेटवार्ता
बिहीबार, १० असोज २०८१, २२ : २२
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीद्वय ओली र थानीबिच बिहीबार अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको हो ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र थानीबिच दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रसङ्घका लागि कतारको स्थायी नियोगको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण