अमेरिकाबाट प्रधानमन्त्री ओलीको आग्रह : सबैले सुरक्षा सतर्कता अपनाउनुहोला
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहेका सबैलाई सुरक्षा सतर्कता अप्नाउन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आग्रह गरेका हुन् ।
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भैरहेको बताएका छन् । उनले भनेका छन्– ‘म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको छु ।
यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरु सामाजिक सञ्जाल र मिडिया मार्फत सुनिरहेको, हेरिरहेको छु। नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ। भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहनु भएका सबैले सुरक्षा सतर्कता अपनाउनु होला ।’
प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक लामो दुरीको यात्रामा समेत ननिस्किन सबैलाई आग्रह गरेका छन् । उनले सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई आपतकालीन उद्धारका लागि तयारी अवस्थामा रहन समेत आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण