के जीवी राई अब भेटिँदैनन् ? सूर्य थापा भन्छन्, ‘यो ठगीको गिरोहले जे पनि गर्ने सम्भावना छ’
काठमाडौँ । सहकारी बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष समितिका सभापति सूर्य थापाले जीवी राईलाई ठगीको गिरोहले ‘जे पनि गर्न सक्ने’ बताएका छन् । नेपाल टेलिभिजनको कार्यक्रम ‘वाइड एङ्गल’सँग कुराकानी गर्दै उनले सहकारी ठगीको यो गिरोह एउटा परिस्थितिजन्य कारणले बनेको समूह नभएर ठुलो गिरोह भएको भन्दै राईलाई जे पनि हुनसक्ने उल्लेख गरेका हुन् ।
कार्यक्रममा प्रस्तोताले, ‘मान्छेहरू कतै कतै अब जीवी राईलाई भेटिँदैन भन्ने कुरा पनि गर्छन् नि ?’ भन्ने प्रश्न सोधेका थिए । जवाफमा थापा भन्छन्, ‘यो गिरोह जुन छ, यसले जीवी राईलाई जे पनि गर्न सक्ने सम्भावना पनि छ । यो यत्तिकै भवितव्य, परिस्थितिजन्य, सामान्य, कानुनको नियमनकारी निकायको लुपहोलमा टेकेर ठगी भएको छ र ? यो योजनाबद्ध छ ।’
अहिले जीवी राई मलेसियामा लुकेर बसेका छन् । पासपोर्ट रोक्का भइसकेका राईलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा अध्यागमन विभागले पासपोर्ट खुला गरेर विदेश जान दिएको थियो । पछि गृहमन्त्री रवि लामिछाने हुँदा ‘जीवी राईको लोकेसन ट्र्याक भइसकेको’ उल्लेख गरेका थिए । तर अझैसम्म पनि उनी सम्पर्कविहीन छन् ।
अहिले नेपाल प्रहरीले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । राई सातवटा सहकारी, विभिन्न नेटवर्किङ कम्पनीदेखि गोर्खा मिडिया लगायत अन्य मिडियाहरुमा समेत जोडिएको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण