के जीवी राई अब भेटिँदैनन् ? सूर्य थापा भन्छन्, ‘यो ठगीको गिरोहले जे पनि गर्ने सम्भावना छ’
_iWY0SSHpeG.jpg)
काठमाडौँ । सहकारी बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष समितिका सभापति सूर्य थापाले जीवी राईलाई ठगीको गिरोहले ‘जे पनि गर्न सक्ने’ बताएका छन् । नेपाल टेलिभिजनको कार्यक्रम ‘वाइड एङ्गल’सँग कुराकानी गर्दै उनले सहकारी ठगीको यो गिरोह एउटा परिस्थितिजन्य कारणले बनेको समूह नभएर ठुलो गिरोह भएको भन्दै राईलाई जे पनि हुनसक्ने उल्लेख गरेका हुन् ।
कार्यक्रममा प्रस्तोताले, ‘मान्छेहरू कतै कतै अब जीवी राईलाई भेटिँदैन भन्ने कुरा पनि गर्छन् नि ?’ भन्ने प्रश्न सोधेका थिए । जवाफमा थापा भन्छन्, ‘यो गिरोह जुन छ, यसले जीवी राईलाई जे पनि गर्न सक्ने सम्भावना पनि छ । यो यत्तिकै भवितव्य, परिस्थितिजन्य, सामान्य, कानुनको नियमनकारी निकायको लुपहोलमा टेकेर ठगी भएको छ र ? यो योजनाबद्ध छ ।’
अहिले जीवी राई मलेसियामा लुकेर बसेका छन् । पासपोर्ट रोक्का भइसकेका राईलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा अध्यागमन विभागले पासपोर्ट खुला गरेर विदेश जान दिएको थियो । पछि गृहमन्त्री रवि लामिछाने हुँदा ‘जीवी राईको लोकेसन ट्र्याक भइसकेको’ उल्लेख गरेका थिए । तर अझैसम्म पनि उनी सम्पर्कविहीन छन् ।
अहिले नेपाल प्रहरीले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । राई सातवटा सहकारी, विभिन्न नेटवर्किङ कम्पनीदेखि गोर्खा मिडिया लगायत अन्य मिडियाहरुमा समेत जोडिएको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी तर्न साँघुको भर
-
पुरानै संयोग जुर्दैछ मुम्बई इन्डियन्ससँग, उत्साही छन् समर्थक
-
नागार्जुनमा बनाइएको बद्री नारायण धामको प्राणप्रतिष्ठाका अवसरमा कलश यात्रा (तस्बिरहरु)
-
कीर्तिपुर र सामाखुसीबिच बास्केटबल लिगको उद्घाटन खेल
-
पाकिस्तानले बन्द गर्यो एफएम रेडियोमा भारतीय गीत प्रसारण बन्द
-
राष्ट्रिय सुरक्षा सल्लाहकारबाट ट्रम्पले वाल्ट्जलाई हटाए, नयाँ जिम्मेवारी दिए