दुई संसदीय समितिको बैठक बस्दै, न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गरिने
सोमबार, १४ असोज २०८१, ०८ : २०
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दिउँसो १ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण