राहतका लागि नेपाली जनप्रगतिशील मञ्च युरोपले पठायो २ लाख
काठमाडौँ । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले बाढी पहिरोबाट प्रभावितहरूको राहतका लागि २ लाख रुपैयाँ सहयोग नेपाल पठाएको छ । मञ्चले पार्टी केन्द्रमा उक्त सहयोग पठाएको हो ।
मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले जारी गरेको विज्ञप्तिमा राहतका लागि थप सहयोग सङ्कलनका लागि राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकारलगायतलाई स्वैच्छिक रूपमा आर्थिक सङ्कलनका लागि अपिल गरिएको छ ।
विपद्को यो घडीमा देश पीडामा हुँदा प्रवासीहरूको पनि स्वाभाविक रूपमा मन दुखेको भन्दै मञ्चले पीडितको पीडामा साथ दिन सबैको दायित्व भएको उल्लेख गरेको छ ।
मञ्चले अविरल वर्षापछिको बाढी पहिरोबाट मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
यस्तै बाढी पहिरोमा बेपत्ता नागरिकहरूको खोजी, घाइते भएकाहरूको निःशुल्क उपचार, विस्थापित नागरिकको पुनर्स्थापनाका साथै उचित राहत उपलब्ध गराउन पनि मञ्चले सरकारसँग माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण