जम्मु कश्मीर विधानसभा : ४० सिटमा अन्तिम चरणको मतदान आज
मङ्गलबार, १५ असोज २०८१, ०८ : १४
जम्मू । भारतको जम्मू कश्मीर विधानसभा चुनावको तेस्रो र अन्तिम चरणको मतदान मंगलबार बिहान ७ बजेबाट सुरु भएको छ । ९० सिट भएको विधानसभाको ४० सिटमा मतदान भइरहेको छ । जसमध्ये २४ सिट जम्मू क्षेत्रमा छन् भने बाँकी १६ सिट कश्मीरमा छन् ।
यो मतदान जम्मू क्षेत्रको जम्मू, साम्बा, कठुआ र उधमपुर जिल्लामा भइरहेको छ भने कश्मीर उपत्यकाको बारामुल्ला र कुपवाडा जिल्लामा मतदान भइरहेको छ।
पहिलो चरणको मतदान सेप्टेम्बर १८ मा भएको थियो जसमा २४ सिटमा मतदान भएको थियो । यस अवधिमा ६१ दशमलव १३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
जहाँ सेप्टेम्बर २५ मा भएको दोस्रो चरणको मतदानमा ५६ प्रतिशत मतदान भएको थियो ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण