६ वर्षदेखि थन्किएर रहेको मोबाइल ल्याब भ्यान सञ्चालन हुँदै
काठमाडौँ । ६ वर्षदेखि थन्किएर रहेको मोबाइल ल्याब भ्यान सञ्चालनमा आउने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चार वटा भ्यानमध्ये दुई वटा भ्यान बुधबारदेखि सञ्चालनमा ल्याउने भएको हो ।
झण्डै २४ करोड रुपैयाँ खर्चेर किनिएका ती भ्यान प्रयोगविहीन अवस्था रहेको ६ वर्षपछि सञ्चालनमा ल्याइने भएको विभागले जनाएको छ । मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान सञ्चालनमा आउने भएका हुन् ।
सरकारले बजार अनुगमन प्रभावकारी बनाउन २०७५ वैशाखमा चार मोबाइल भ्यान खरिद गरेको थियो । प्रतिभ्यान करिब ६ करोडका दरले २४ करोडमा खरिद गरिएका थिए ।
विभागले २ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २ वटा भ्यान खरिद गरेका हुन् । भ्यान खरिद गरेको सुरुको एक वर्ष विभागले बजार अनुगमनका लागि प्रयोग गरेको थियो । त्यसपछि भ्यान खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो । त्यसयता मोबाइल भ्यान विभागको चौरमै अलपत्र परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा दसैँको समयमा मात्रै १६ करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार
-
सुत्नुअघि ग्लीसिरिनमा यसलाई मिसाएर अनुहारमा लगाउनुस्, हट्नेछ सबै चाउरी
-
सर्वाधिक मेडन ओभरको कीर्तिमान : चर्चित खेलाडीभन्दा नसुनिएका नाम बढी !
-
काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एकजना पक्राउ
-
इजरायलमा ड्रोन आक्रमण : ४ सैनिकको मृत्यु, ६० जनाभन्दा बढी घाइते
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची