मधेस सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिने
वीरगन्ज । मधेस प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रीसहित प्रदेश सरकारमा सहभागी सत्तारुढ दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहतस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिए । बाढी पहिरोबाट देशका अधिकांश ठाउँमा क्षति पुगेकाले केन्द्र सरकारलाई सहयोग गर्ने निर्णय भएको मुख्यमन्त्री सिंहले बताए ।
यस्तै बैठकले प्रदेश सरकारको विभिन्न निकायमा नियुक्त भएका कर्मचारीहरूको कामबारे अध्ययन गर्न समिति गठन गरेको छ । कर्मचारीहरूको कामबारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेस गर्न ४ सदस्यीय समिति गठन गरेको हो ।
प्रदेश सांसद उपेन्द्र महतोको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । समितिको सदस्यमा मन्त्रीद्वय प्रमोद जैसवाल र शेष नारायण यादव तथा प्रदेश सांसद संजयकुमार यादव रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण