आज कुन सडकको अवस्था कस्तो छ ?
काठमाडौँ । बडादसैँ सुरु भएसँगै राजधानी काठमाडौँबाट बाहिरिने यात्रुको चाप निरन्तर बढिरहेको छ । सवारी साधनको संख्या बढेकाले नयाँ बसपार्क गेट र माछापोखरी हुँदै चल्ने सवारी साधन केही क्युमा चलिरहेका छन् । क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ ।
यता ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् ।
ललितपुरकै एकान्तकुनाबाट महालक्ष्मीस्थान तर्फ सर्भिस लेन भएर आउने सवारी साधनलाई मुख्य लेनबाट चलाइएको छ । सडकमा खाल्डो परेकाले सवारी साधनलाई हिजोदेखि मुख्य लेनबाट चलाइएको हो ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको खोर्सानी खोलामा सडक भासिएकाले सवारी साधन एक लेनमा आलोपालो सञ्चालन भइरहेका छन् । नदि तथा खोलाले सडक कटान गरेका कारण विपी राजमार्ग तथा विभिन्न स्थानमा खसेको पहिरो पन्छाउने कार्य भइरहेकाले फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।
यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थान तथा अन्य नाकाहरुको सवारी आवागमन भने सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण