५६ अंकले बढ्यो नेप्से
काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ५६ अंकले बढेको छ । बजार उच्च अंकले बढ्दा परिसूचक २६५३.५८ बिन्दुमा उक्लिएको छ ।
आइतबार २१९ कम्पनीको सेयर मूल्य बढेको छ । २३ कम्पनीको घट्दा २ कम्पनीको भने मूल्य स्थिर रह्यो । कुल १ करोड ५० लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा समग्रमा ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज नाग्दी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत्, इस्टर्न हाइड्रोपावर र गुडविल फाइनान्सको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।
कारोबार रकमका हिसाबले आइतबार सहास ऊर्जा शीर्ष स्थानमा रह्यो । यसको ६३ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर तथा विकास कम्पनीको २५ करोड ५७ लाख रुपैयाँको कारोबार भयो ।
आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । फाइनान्स उपसमूहमा भने लगानीकर्ता सबैभन्दा बढी झुम्मिए । यो उपसमूहको सूचक ६.३० प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण