अक्सन
नेपाल प्रिमियर लिग क्रिकेट : जनकपुर बोल्ट्सले किन्यो रुपेशलाई, बिक्री भएनन् कमलसिंह ऐरी
आइतबार, २० असोज २०८१, १५ : ४८

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा रुपेशकुमार सिंहले जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।
एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा रुपेशलाई जनकपुर बोल्ट्सले १० लाख रुपैयाँमा खरिद गरेको हो ।
यसैगरी, दीपेन्द्र रावतलाई कर्णाली याक्सले तीन लाख रुपैयाँमा खरिद गरेको छ । १० लाख रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको कमलसिंह ऐरी भने अक्सनमा बिक्री भएनन् ।
अक्सनमा एक सय ४२ जना खेलाडी सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् ।
सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जना मृत अवस्थामा फेला
-
टोकियोको प्राथमिक विद्यालयमा आक्रमण, पाँच कर्मचारी घाइते
-
काठमाडौँसहित चार ठाउँमा दुर्घटना, चार जनाको मृत्यु
-
कुष्ठरोगसम्बन्धी व्यापक रणनीति बनाउन जरुरी : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
-
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
नीति तथा कार्यक्रममा परिणाम न दृष्टिकोण, केबल भाषण : सांसद शाही