अक्सन
नेपाल प्रिमियर लिग क्रिकेट : जनकपुर बोल्ट्सले किन्यो रुपेशलाई, बिक्री भएनन् कमलसिंह ऐरी
आइतबार, २० असोज २०८१, १५ : ४८
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा रुपेशकुमार सिंहले जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।
एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा रुपेशलाई जनकपुर बोल्ट्सले १० लाख रुपैयाँमा खरिद गरेको हो ।
यसैगरी, दीपेन्द्र रावतलाई कर्णाली याक्सले तीन लाख रुपैयाँमा खरिद गरेको छ । १० लाख रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको कमलसिंह ऐरी भने अक्सनमा बिक्री भएनन् ।
अक्सनमा एक सय ४२ जना खेलाडी सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् ।
सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी प्रदेश सभापति घिमिरे निर्वाचित, औपचारिक घाेषणा हुन बाँकी
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण