कांग्रेस कार्यकर्ताद्वारा यमुनामाई गाउँपालिकामा तालाबन्दी
रौतहट । नेपाली कांग्रेसका स्थानिय नेता कार्यकर्ताहरूले रौतहटको यमुनामाई गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।
वडा नम्बर ४ को कार्यालय पायक स्थानमा सञ्चालन गर्नुपर्ने माग गर्दै कांग्रेस गाउँ कमिटी कार्यकर्ताहरूले गाउँपालिका कार्यालयमा आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको हो।
दोस्रो पटक निर्वाचित भएका वडा ४ का अध्यक्ष अश्वनीकुमार यादव (चेतन यादव) ले अपायक स्थानबाट वडा कार्यालय सञ्चालन गर्दा सेवाग्राहीलाई निकै कठिनाइ हुने गरेको कांग्रेसको तर्क छ।
पटक पटक वडा अध्यक्ष, पालिका अध्यक्षसँगै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नहुँदा
बाध्य भएर २४ घण्टे रिले अनसन बसेको कांग्रेस पालिका सभापति सिताराम यादवले बताए।
यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादवले तालाबन्दीको कारण अहिले चलिरहेको विपद व्यवस्थापनको कामहरू प्रभावित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराक र इरानका विदेशमन्त्रीबिच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल
-
सर्वोत्कृष्ट उद्यमी पुरस्कृत
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
तनहुँ प्रवेश गर्ने भारतीय सवारीलाई प्रहरीको सचेतना
-
२४ लाख बराबरका मोबाइल, फोन बरामद
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण