हमास समूहले गरेको आक्रमणमा नेपाललाई पुगेको क्षतिको घाउ अझै पुरिन बाँकी छ : एनपी साउद
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहले गरेको आक्रमणमा नेपाललाई पुगेको क्षतिको घाउ अझै पनि पुरिन बाँकी रहेको बताएका छन् ।
हमास आक्रमणको एक वर्ष पुगेको दिनको सम्झनामा सोमबार इजरायली दूतावासले काठमाडौंमा आयोजना गरेको समारोहमा पूर्वमन्त्री साउदले यस्तो बताएका हुन् ।
इजरायलमाथि हमासले गरेको आक्रमणमा परी ‘अध्ययन र आर्जन सँगसँगै’ कार्यक्रमअन्तर्गत गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
आक्रमणकै दिन हमासले अपहरण गरी बन्धक बनाएका कञ्चनपुरका विद्यार्थी विपिन जोशी अझै पनि बेपत्ता रहेको प्रसंग उल्लेख गर्दै साउदले आक्रमणको घाउ पुरिन बाँकी रहेको बताए ।
२०८० असोज २१ गते इजरायलमा हमास समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोशीलाई भने हमास समूहले अपहरण गरी बन्धक बनाएको भिडियो इजरायली सेनाले सार्वजनिक गरेको भए पनि अझैसम्म उनलाई फर्काउन सकिएको छैन ।
आक्रमणमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । आक्रमणमा परी थुप्रै घाइते र अपाङ्ग भएका थिए । आक्रमणको समयमा इजरायलमा ‘अध्ययन र आर्जन सँगसँगै’ कार्यक्रमअन्तर्गत पढ्न गएका १० नेपाली विद्यार्थीको मृत्युले नेपालले आफ्नो भविष्यका सम्भावनाहरू गुमाएको छ भने ती परिवारहरूले आफ्ना प्रिय सदस्यहरू गुमाएका छन् ।
नेपाल सरकारले हमास आक्रमणको कडा शब्दमा भन्र्सना गरेको थियो । त्यसबेला साउद नै परराष्ट्रमन्त्री थिए । उनी आफैँ इजरायल पुगेर नेपालीहरूलाई उद्धार गरी ल्याएका थिए ।
‘यो भयावह घटनाको सामना गर्दै त्यतिबेला चुनौतीपूर्ण र पीडादायी अवस्थामा काम गर्नु परेको थियो । इजरायल सरकारको सहयोगमा नेपाली नागरिकहरूको सुरक्षित उद्धार र मृतकको शव नेपाल ल्याउन सकियो,’ पूर्वपरराष्ट्रमन्त्री साउदे भने, ‘घाइते विद्यार्थीहरूको इजरायलमै उपचार भएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण