यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
काठमाडौँ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेश र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सा र बाराका सीमा नाकामा गृहमन्त्रीको छड्के
-
रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव पारित गरेको भन्दै कांग्रेसको आपत्ति
-
विष्णु पौडेललाई तुरुन्त रिहाइ गर्न संसदबाट एमालेको माग
-
घरजग्गा कर, टहरा र सम्पत्तिलाई लिएर पूर्वसचिव खनाल विवादमा
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
मेसी बने विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण