भारतीय वायुसेनाको प्रदर्शनका क्रममा गर्मीले ५ जनाको मृत्यु
बुधबार, २३ असोज २०८१, ०९ : २७
चेन्नई । दक्षिणी भारतीय सहर चेन्नईमा भारतीय वायुसेनाको प्रदर्शनमा गर्मी र भीड व्यवस्थापनमा कमजोरीका कारण पाँच जनाको मृत्यु भएको छ । अन्य धेरैलाई अस्पतालमा भर्ना गरिएको छ ।
आईएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सहरको मरीना बिचमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए । नयाँ दिल्लीस्थित टेलिभिजन समाचार च्यानल एनडीटीभीले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस पुगेको दिन आयोजित कार्यक्रमको दर्शकको क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको बताएको छ ।
भीडले समुन्द्र तटको वरिपरि ग्रिडलक निम्त्याएको बताइएको छ । सागै दर्शकहरूलाई घटनास्थलमा पुग्न लामो दूरी हिँड्नुपरेको थियो । प्रदर्शनपछि सार्वजनिक सवारीसाधन लिन वा आफ्नो सवारीसाधन उठाउन जामले भरिएको सडकमा मानिसहरूले ३ देखि ४ किलोमिटर हिँड्नुपरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण