जय अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउने
काठमाडौँ । अम्बे स्टील्सको उत्पादक कम्पनी जय अम्बे स्टील्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको छ । अम्बे ग्रुप अन्तर्गतको उक्त कम्पनीले आईपीओ ल्याउने योजना सहित एनआईबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
कम्पनीको साधारण सभाबाट विशेष प्रस्ताव पारित भए पश्चात् तोकिने साधारण शेयर प्रिमियम मूल्यमा बिक्री गर्नेगरी बिक्री प्रबन्धकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । दुई संस्थाबिच यससम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ ।
नेपालकै ठुलो व्यवसायिक समूहमध्येको एक अम्बे ग्रुप अन्तर्गत यो कम्पनी सञ्चालन हुँदै आएको छ । उक्त समूहको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ भन्दा धेरै छ । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । २०७६ सालमा स्थापना भएको यो कम्पनीले विगत पाँच वर्षदेखि गुणस्तरीय स्टील उत्पादन गर्दै आएको छ । अहिलेको दैनिक उत्पादन क्षमता एक हजार टन रहेको कम्पनीले जनाएको छ ।
बाँकेको नेपालगञ्जमा रहेको यो उद्योग पश्चिम नेपालकै सबैभन्दा ठुलो स्टिल उद्योग समेत हो । यो उद्योगले उक्त क्षेत्रको ८० प्रतिशत बजारहिस्सा ओगटेको कम्पनीले जनाएको छ । उक्त उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टिल, एमएस बिलेट, एमएस फ्लाट, एमएस स्क्यावर, तोरकारी, ग्याबियन बक्स आदि उत्पादन गरिरहेको छ ।
आईपीओको तयारीमा रहेको उक्त कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन पब्लिक ऋणपत्र बजारबाट समेत पुँजी जुटाउने योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण