दसैँमा नेपाली सेनाको यातायात सुविधा, बस र हवाई दुवै सेवा प्रदान
काठमाडौँ । नेपाली सेनाले बडादसैँ, २०८१ को अवसरमा घर बिदा जाने सैनिक तथा तिनका आश्रित परिवारलाई यातायात सुविधा प्रदान गरेको छ।
सैनिक कल्याणकारी कार्य अन्तर्गत आश्विन १८ गतेबाट मुलुकका विभिन्न स्थानहरूमा सहुलियतको यातायात सुविधा (स्थल तथा हवाई) सञ्चालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत १२३० जनाले यातायात सुविधा मार्फत यात्रा गरिसकेका छन्। सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी हिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरूमा हवाई उडानमार्फत ७२१ जनाले यो सुविधा लिएका निर्देशनालयले जनाएको छ ।
सैनिक निर्देशनालयका अनुसार असोज २४ गतेसम्म सञ्चालन हुने यो सुविधा मार्फत हालसम्म १९५१ जना सैनिक एवं आश्रित परिवारहरूले यातायात सुविधा मार्फत यात्रा गरिसकेका छन्।
नेपाली सेनाले कल्याणकारी कार्य अन्तर्गत बहालवाला र भूपू सैनिक तथा तिनका आश्रित परिवारजनलाई लक्षित गरी विविध सैनिक कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
-
पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
-
कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने
-
विद्यार्थी सङ्गठनका संरचना हटाउने त्रिविकाे निर्देशन फिर्ताकाे माग
-
खैरो हेरोइनसहित सप्तरीबाट एक जना पक्राउ
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण