कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने
सारांश
- नयाँ कम्पनी दर्ता गर्ने सेवाग्राहीले अब कम्पनीको स्थायी लेखा नम्बर (प्यान) र त्यसको प्रमाणपत्र सीधै अनलाइनबाट डाउनलोड गर्न सक्ने भएका छन् ।
- कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच सूचना प्रणालीको अन्तरआबद्धता गर्ने विषयमा भएको समझदारीअनुसार यो प्रणाली सञ्चालनमा आएको हो ।
- नयाँ प्रणाली लागू भएपछि कम्पनी दर्ता भएपछि प्यान नम्बर प्राप्त गर्न आन्तरिक राजस्व कार्यालयमा जानुपर्ने वा थप प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हटेको छ ।
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता गर्ने सेवाग्राहीले अब कम्पनीको स्थायी लेखा नम्बर (प्यान) र त्यसको प्रमाणपत्र सीधै अनलाइनबाट डाउनलोड गर्न सक्ने भएका छन् ।
कार्यालयले मंगलबार सूचना जारी गर्दै नयाँ व्यवस्था लागू भएको जानकारी दिएको हो ।
कार्यालयका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच सूचना प्रणालीको अन्तरआबद्धता गर्ने विषयमा २०८३ वैशाख ३१ गते समझदारी भएको थियो । सोही समझदारीअनुसार विकास गरिएको प्रणाली कम्पनी रजिष्ट्रारको कार्यालयको ‘सीएएमआइएस’ प्रणालीमा २०८३ असार १५ गतेदेखि सञ्चालनमा आएको छ ।
यो विद्युतीय प्रणाली लागू भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले आफ्नो प्यान नम्बर र प्यान प्रमाणपत्र ‘सीएएमआइएस’ प्रणालीमार्फत सीधै डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन् ।
यसअघि कम्पनी दर्ता भएपछि प्यान नम्बर प्राप्त गर्न आन्तरिक राजस्व कार्यालयमा जानुपर्ने वा थप प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था थियो । नयाँ प्रणाली लागू भएपछि उक्त प्रक्रिया सहज, छिटो र पूर्ण रूपमा अनलाइनमार्फत हुने कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण