अटोमेटिक पेस्तोल र गोलीसहित एक पक्राउ
रौतहट । रौतहटमा प्रहरीको गस्ती टोलीले एक थान विदेशी अटोमेटिक पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवाही गोनाही-६ कर्कच कर्मैया गाउँका ५६ वर्षीय भोला राय यादव रहेका छन्।
यादवको साथबाट मेड इन् यूएसए अटोमेटिक पेस्तोल एक थान, म्यागजिन १ थान र ९ एमएमको गोली २ थान र सटगनको गोलीजस्तै देखिने ४ राउन्ड बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्। बरामद हतियार गोली सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गौरमा ल्याई अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए।
प्रहरीका अनुसार देवाही गोनाही-६ कर्कचमा दुर्गा पूजाको अवसरमा मेला लागेको थियो। मेला सुरक्षार्थ इलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख इन्स्पेक्टर कमल कुमार लुङ्गेलीको कमान्डमा खटिएको गस्ती टोलीले स्थानीय बिल्टु यादवका छोरा भोला राय यादवलाई शङ्का लागेर चेक जाँच गर्दा निजको साथ बाट उक्त हतियारहरू बरामद भएको थियो।
सोही गाउँ कर्कच कमैयाका पूर्व गाविस अध्यक्ष ईश्वरी लाल यादवका भतिज राजु यादव भने आरोपी भोलाले पूर्व गाविस अध्यक्ष ईश्वरी लाललाई टार्गेट बनाएको तर उनी फेला नपरेपछि शुक्रबार राति मेलामा आफूलाई प्रहार गरेको गोली नपड्किँदा उनी पक्राउ परेको बताए । ‘गएराति साढे १० बजे अभियुक्त भोलाले मलाई निशाना बनाएर सोही पेस्तोलले गोली प्रहार गरेको थियो । तर दुवै राउन्ड नपड्किएपछि मेलाको सुरक्षामा गएको प्रहरी टोलीलाई घटनाबारे जानकारी गराउँदा प्रहरीले १ किलोमीटर लखेटेर पक्राउ गरेको हो,’ यादवको दाबी छ ।
उनले भोलाले १५ दिन अघि मोटरसाइकल बेचेर उक्त हतियार खरिद गरी ल्याएको पनि दाबी गरे। जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक रायले विशेष सूचनाको आधारमा हतियारसहित उनलाई पक्राउ गरिएको तथा थप विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
-
भदौ २४ पछि प्रतिगामी चलखेल बढ्यो, वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड
-
सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र
-
कारागारमा अवैध असुली प्रकरण : थप ३ जना पक्राउ
-
रोयल इनफिल्डद्वारा ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सम्पन्न, कृषि, संस्कृति र राइडिङ समुदायको अनौठो संगम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण