बाढीबाट चन्द्रनहरमा लाखौँको क्षति
आइतबार, २७ असोज २०८१, १३ : ०८
सप्तरी । हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति भएको छ । नहरका विभिन्न भागका बाँध भत्केका छन् ।
चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष बद्रीनारायण यादवका अनुसार तिरहुत गाउँपालिका–४ स्थित डिवनको दुई ठाउँमा नहरको बाँधलाई भत्काउँदा क्षति भएको छ । हुलाकी सडकअन्तर्गत पर्ने महादेवा गाउँपालिकास्थित चिम्टीमा पनि नहरको केही भाग भत्केको छ । क्षतिका कारण नहर पूर्णरुपमा बन्द छ । बाढीबाट ५० लाखभन्दा बढीको क्षति भएको उनले जानकारी दिए ।
लामो समयदेखि लथालिङ्ग रहेको चन्द्रनहरलाई कोशी पम्प चन्द्रनहर डिभिजन कार्यालयले विगत दुई वर्षदेखि पुनर्निर्माण गर्दै थियो । नहर बन्द भएपछि यहाँका किसान चिन्तित भएका छन् । नहर मर्मतसम्हार प्रारम्भ गर्न स्रोत–साधन जुटिनसकेको अध्यक्ष यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण