दसैँ बिदापछि नेप्सेले लियो सकारात्मक बाटो
काठमाडौँ । दसैँ बिदापछि खुलेको सेयर बजार सकारात्मक दिशातर्फ उन्मुख भएको छ । मंगलबार बजार परिसूचक नेप्से ३१.४८ अङ्कले वृद्धि भएर २६९९.६६ विन्दु पुगेको हो । आज बजारमा ३ अर्ब ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा आज २४३ कम्पनीका ६४ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । यस क्रममा २०५ कम्पनीको सेयर मूल्य बढेको छ । ३२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्यस्थिर रहेको छ ।
आज बजारमा उपसूचकमध्ये उत्पादन तथा प्रशोधनमूलक परिसूचकमा सामान्य गिरावट हुँदा अन्य सबै उपसूचकहरू सकारात्मक रहे । आज सर्वाधिक वृद्धि फाइनान्स उपसूचकको ४.६१ प्रतिशतले भयो । बैंकिङ, विकास बैंक लगानी, जीवन बीमा, व्यापार मूल र अन्य समूहका उपसूचक पनि एक प्रतिशत भन्दा धेरैले बढेको छ ।
आजको कारोबारसँगै नेप्सेको समग्र बजार पुँजीकरण ४२ खर्ब ९२ अर्ब पुगेको छ । आज बजारमा जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । मध्यसोलु हाइड्रोमा भने आज नकारात्मक सर्किट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण