कर छलेर ल्याइएका सामान बरामद
बुधबार, ३० असोज २०८१, १० : ३०
वीरगञ्ज । सशस्त्र प्रहरी बलले रु १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।
सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए।
यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको रु २१ लाख २१ हजार आठ सय बराबरका कपडा बरामद गरेको थियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण