सेयर बजार वृद्धिले पायो निरन्तरता, ५ अर्ब ६६ करोडको कारोबार
काठमाडौँ । दसैँ बिदापछिको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेको वृद्धिले निरन्तरता पाएको छ । बुधबार बजार परिसूचक ४३.२२ अंकले बढेको हो । यो वृद्धिसँगै बजार परिसूचक २७४२.८८ विन्दुमा पुगेको छ ।
आजको बजार खुलेदेखि नै सकारात्मक अवस्थामा रहे पनि परिसूचकमा उतारचढाव भने देखिएको थियो । यो उतारचढावसँगै खरिदबिक्री बढ्दा कारोबार रकम ५ अर्ब ६६ करोड पुगेको छ । आज बजारमा १ करोड ३२ लाख कित्ता शेयर कारोबार भएको छ ।
बजारमा आज २४४ कम्पनीको कारोबार भएकोमा २०६ कम्पनीको सेयर मूल्य बढेको छ । ३५ कम्पनीको मूल्य घट्दा तीनवटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज कारोबार भएका कम्पनीमध्ये अपर स्याङ्जा हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ भने विजय लघुवित्त र इष्टर्न हाइड्रोपावरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
आज बजार अन्तर्गत सबै परिसूचक र उपसूचकमा वृद्धि भएको छ । सबैभन्दा धेरै वृद्धि व्यापारमूलक सूचकमा ३.४४ प्रतिशतले भएको छ । हाइड्रोपावर उपसूचक पनि आज २.१३ प्रतिशतले बढेको छ । मंगलबार सबैभन्दा धेरै बढेको फाइनान्स समूह भने आज सुस्ताएको छ । यो उपसूचकमा ०.८६ प्रतिशतको वृद्धि देखिएको छ ।
बजारमा आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्सको १५–१५ करोडको भयो । कारोबार भोल्युम आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी सबैभन्दा माथि रह्यो । कारोबार सङ्ख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स नै सबैभन्दा उच्च रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण