निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा प्रदर्शन जारी
काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा प्रदर्शन जारी राखेको छ ।
कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री नियुक्त गरेर सत्ताधारी पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार चरम रूपमा असंवेदनशील भएको भन्दै मञ्चले गत साउनदेखि लगातार प्रदर्शन गर्दै आएको छ ।
मञ्चकी अध्यक्ष रुबी खानका अनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले निरन्तर आन्दोलन गरिरहेको बताइन् ।
गत वर्ष ४३ दिनको लामो धर्ना र आन्दोलनपछि वार्तामार्फत सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एक जना वृद्धलाई तारेखमा राखेको छ ।
तर मुद्दामा मुख्य अभियुक्त बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री छन् । उनी बाँके क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण