निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा प्रदर्शन जारी

काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा प्रदर्शन जारी राखेको छ ।
कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री नियुक्त गरेर सत्ताधारी पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार चरम रूपमा असंवेदनशील भएको भन्दै मञ्चले गत साउनदेखि लगातार प्रदर्शन गर्दै आएको छ ।
मञ्चकी अध्यक्ष रुबी खानका अनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले निरन्तर आन्दोलन गरिरहेको बताइन् ।
गत वर्ष ४३ दिनको लामो धर्ना र आन्दोलनपछि वार्तामार्फत सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एक जना वृद्धलाई तारेखमा राखेको छ ।
तर मुद्दामा मुख्य अभियुक्त बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री छन् । उनी बाँके क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेयर बजारलाई गभर्नर पौडेलकाे ‘सरप्राइज गिफ्ट’ : सेयर कर्जाको जोखिम भार १०० प्रतिशतमा झारियो
-
ठुला योजना शीघ्र सम्पन्न गर्न मन्त्री दाहालको निर्देशन
-
धवल शमशेरको बयान : कार्यक्रम आयोजक दुर्गा प्रसाईं हुन्, सञ्चालन र खर्च व्यवस्थापनमा मेरो भूमिका छैन
-
गणतन्त्र ल्याउन सैनिक हिरासतमा ६ महिना बिताएको हुँ : दुर्गा प्रसाईँ
-
भाटभटेनीमा ८० लाख बढीको क्षति, आरोपीबाट साढे दुई लाखको लिपिस्टिकलगायत सामान बरामद
-
एकता बाँकी नै हुँदा माओवादी प्रवेश गर्न थाले नेसपाका नेता कार्यकर्ता