भारत : बमको धम्कीले आज २० उडानको आकस्मिक अवतरण, हप्तामा दुई सय करोड भारुको घाटा
नयाँ दिल्ली । भारतमा यात्रुवाहक विमानबाट धम्की आउने क्रम जारी छ । आइतबार २० भन्दा बढी उडानहरूमा बमको धम्की आएको थियो। समाचार एजेन्सी पीटीआईका अनुसार इन्डिगो, विस्तारा र एयर इन्डियाका ६–६ विमान सामेल छन् ।
एक दिन अघि शनिबार ३० भन्दा बढी विमानलाई धम्की आएको थियो । जसका कारण सयौँ यात्रु घण्टौँ सास्तीमा परेका छन् ।
पछिल्लो एक हप्तामा ९० भन्दा बढी विमानमा बमको धम्की आएको छ । पछि यी सबै झुटा साबित भए । यी धम्कीका कारण अहिलेसम्म २ सय करोड रुपैयाँसम्मको नोक्सान भइसकेको छ ।
गृह मन्त्रालयले यस सम्बन्धमा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन सुरक्षा ब्युरोसँग विस्तृत प्रतिवेदन मागेको छ । यसैबिच शनिबार एकैसाथ ३० वटा धम्की आएपछि एयरलाइन्स कम्पनीका वरिष्ठ अधिकारीले नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) का अधिकारीसँग भेट गरेका छन् । ब्यूरोका महानिर्देशक जुल्फिकार हसनले उनीहरूलाई भारतको आकाश पूर्ण रूपमा सुरक्षित रहेको आश्वासन दिए ।
विमानमा बम रहेको सूचना पाएपछि उडानलाई निर्धारित विमानस्थलभन्दा नजिकको विमानस्थलमा अवतरण गराइएको छ । यसबाट इन्धन बढी खपत हुने मात्र होइन, विमानको रि-चेकिङ, यात्रुलाई होटलमा राख्ने र गन्तव्यमा पुर्याउने व्यवस्था मिलाउनुपर्छ । एक रिपोर्ट अनुसार यी सबैमा करिब ३ करोड रुपैयाँ खर्च हुन्छ ।
यो साता विस्तारा, एयर इन्डिया, इन्डिगो, अकासा, स्पाइसजेट, स्टार एयर र एलायन्स एयरका ७० भन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूलाई धम्की आएको छ। धम्कीका कारण अहिलेसम्म २ सय करोड रुपैयाँ भारुसम्मको नोक्सान भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण