रास्वपाले राजनीतिक संस्कार देखाएन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका नेता कार्यकर्ताले राजनीतिक व्यवहार र संस्कार नदेखाएको टिप्पणी गरेका छन् ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले रास्वपाका नेता कार्यकर्ताले रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि सरकार र आफूविरुद्ध तमासा देखाएको भन्दै त्यस्तो तमासा राजनीतिक संस्कार नहुने बताएका हुन् ।
‘संसद्को संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो । उहाँ दोषी भएनभए अदालतले फैसला गर्छ’, ओलीको भनाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘यसरी हुलहुज्जत र गाली गरेर राजनीतिक संस्कार कायम हुँदैन ।’
साथै एमालेविरुद्ध चौतर्फी आक्रमण गर्ने योजना अनुसार नै रास्वपाका नेता कार्यकर्ता सडकमा उतारिएको र यसबारे सचेत हुन जरुरी रहेको प्रधानमन्त्री ओलीले बैठकमा बताएका छन् । शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई पोखरा लगिएसँगै रास्वपाका नेता कार्यकर्ताले पोखरालगायतका स्थानमा प्रदर्शन गर्नुका साथै ओली सरकारको विरोध गरिरहेका छन् ।
बैठकपछि महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जननिर्वाचित प्रतिनिधि सभा आफैँमा सर्वोच्च संस्था भएको भन्दै संसद्ले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सरकारले आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई लेखेर पठाएको बताए । उनले सहकारीको रकम हिनामिना सरकारको मात्र विषय नभएर संसद्को साझा सरोकारको विषय भएको भन्दै संसद्को सर्वसम्मत निर्णयका आधारमा प्रक्रिया अघि बढेको र प्रतिवेदनले इंगित गरेका जोकोही छानबिनको प्रक्रियामा आउनुपर्ने बताए । ‘अमुक व्यक्तिलाई कारबाही वा सफाइ दिनुपर्छ भन्ने पार्टीको भनाइ होइन’, महासचिव पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित