पार्टी कार्यालय बनाउन जग्गा दान लिनु अनुचित होइन : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनवहादुर गुरुङले दान दिएको कीर्तिपुरको जग्गा स्वीकार गर्नु अवाञ्छित र अनुचित नभएको दाबी गरेको छ ।
आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठक यस्तो ठहर गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
महासचिव पोखरेलले एमालेलाई दान दिएको जग्गा र व्यवसायी गुरुङबिच कुनै स्वार्थ बाझिने कारण समेत नभएको बताए ।
‘राज्यले मात्र होइन अन्तर्राष्ट्रिय समुदायले समेत विपत्तिमा भएको क्षतिलाई पूर्ति गर्ने काम गरिरहँदाखेरी एकजना व्यवसायीले म नेकपा एमालेले बेहोरेको क्षतिका सन्दर्भमा गम्भीर छु र सहयोग गर्न चाहन्छु भन्ने कुरालाई मानवीयताका हिसाबले पनि लिनुपर्छ भन्ने लाग्दछ’, महासचिव पोखरेलको भनाइ छ ।
उनले महाविपत्तिका बेला भएको क्षतिमा सहयोग प्राप्त गर्ने हक हरेकको हुने भन्दै त्यो हक नेकपा एमालेको पनि छ भन्ने कुरा बुझ्नुपर्ने बताए । ‘त्यस अर्थमा एमालेले यो सहयोग प्राप्त गर्ने कुरा कुनै अवाञ्छित अनुचित कुरा होइन । विपतका बेला संकटमा परेकाहरूलाई सहयोग गर्ने कुरा राज्यको दायित्वको कुरा हो । राज्यकै कुनै एक नागरिकले क्षतिमा सहयोग गर्ने सन्दर्भलाई स्वभविक रूपमा लिनुपर्दछ’, महासचिव पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण