प्रधानमन्त्री ओलीलाई बुझाए विपक्षी दलहरूले ज्ञापनपत्र
काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाइएका हुन् ।
सरकारकै निकायले बाढी पहिरोबाट हुन सक्ने जोखिमबारे पहिले नै सूचना दिँदा समेत सरकारले उचित ध्यान नदिएको, पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनामा उदासीन रहेको, सुशासन, सामाजिक न्याय, जनजीविकाको सवालमा प्रभावकारी भूमिका नखेलेको लगायत अल्पकालीन र दीर्घकालीन विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको कार्यदल सदस्य एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।
ज्ञापनपत्र बुझाउनका लागि पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका उपाध्यक्ष डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कार्यदलका सदस्यहरू बस्नेतसहित राजेन्द्र पाण्डे, शिशिर खनाल लगायत नेताहरू बालुवाटार गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण