जुवा तास खेल्ने १३ जना पक्राउ, झन्डै ६ लाख रुपैयाँ बरामद

विराटनगर । उदयपुर र मोरङ जिल्लाबाट जुवा तास खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ८ गते दिउँसो उदयपुरको त्रियुगा नगरपालिका–९ मा रहेको बोईलर कुखुराको फर्ममा जुवा खेलिरहेको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–९ का ३७ वर्षीय राजु कार्की, त्रियुगा–१५ का ३४ वर्षीय विजय राई, त्रियुगा–११ का ५० वर्षीय रवीन्द्र राई, त्रियुगा–१२ का ५३ वर्षीय वसन्त राई, त्रियुगा–१० का ४५ वर्षीय गेशराज राउत, त्रियुगा–१३ का ६२ वर्षीय पदम राई, रौतामाई–७ का ३४ वर्षीय कमल तामाङ, रौतामाई–७ का ३५ वर्षीय मनोज मगर र रौतामाई–५ का ४१ वर्षीय जय कुमार राई रहेका छन् । प्रहरीले जुवाको खालबाट नगद ४ लाख १४ हजार ५ सय ७५ रुपैयाँ र कौडा १६ थान समेत बरामद गरेको छ ।
त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका–९ स्थित कहरसिंह राजवंशीको घरमा जुवा तास खेलिरहेको अवस्थामा ५३ वर्षीय कहरसिंह राजवंशी, ४७ वर्षीय सुरेश प्रसाद साह, सुनवर्षी–६ का ३७ वर्षीय नित्यानन्द सुतिहार र रंगेली–७ का ४६ वर्षीय उमेश पौदारलाई नगद १ लाख ८२ हजार रुपैयाँ र ४ बुक तास सहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीहरूको विषयमा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला
-
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
-
प्रतिनिधिसभामा १३ मिनेट ४६ सेकेन्ड रस्साकस्सी
-
रास्वपाले नेता तिम्सिना र मैनालीलाई किन गर्यो कारबाही ?
-
राष्ट्रियसभा बैठकमा बजेटमाथि छलफल
-
प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित