पैसा छैन भन्दै रतन टाटाले अमिताभ बच्चनसँग सापटी मागेपछि...
नयाँ दिल्ली । बलिउडका महानायक अमिताभ बच्चनले हालै ‘कौन बनेगा करोडपति १६’को सेटमा स्वर्गीय दिग्गज भारतीय व्यापारी रतन टाटासँग बिताएका पललाई सम्झिएका छन् । टाटाले एक पटक आफूसँग बिना कुनै हिचकिचाहट पैसा सापटी मागेको उनले बताएका हुन् ।
बोमन इरानी र फराह खानको अगाडि टाटासँगको यो किस्सा उनले सुनाएका थिए । अक्टोबर ९ मा ८६ वर्षको उमेरमा टाटाको निधन भएको थियो ।
‘उनी कस्तो व्यक्ति थिए म भन्नै सक्दिन । यति साधारण थिए,’ टाटालाई सम्झिँदै अमिताभ बच्चनले भने,‘एकपटक हामी दुवै एउटै फ्लाइटमा थियौँ । हामीले हिथ्रो एयरपोर्टमा अवतरण गयाँै र उनी लिन आउन लागेका मान्छे कतै गएका थिए वा देखिएनन् । म त्यही बाहिर उभिरहेको थिएँ । उनी फोन गर्न फोन बुथमा गए ।’ त्यसपछि जे भयो त्यो क्षण अमिताभले कहिल्यै नबिर्सने बताए ।
केही बेरपछि रतन टाटा आफ्नो नगिचमा आएर ‘अमिताभ, के म तपाईसँग केही पैसा सापटी लिन सक्छु ? मसँग त फोन गर्ने पैसा पनि रहेनछ,’ भनेर भनेको अमिताभ बच्चनले सुनाए । रतन टाटा जस्ता ठुलो व्यापारीले आफूले यस्तो सरल व्यवहार गरेको देखेर हक्क न बक्क भएको उनले बताए ।
रतन टाटा व्यापार जगतभन्दा पनि व्यक्तिगत सम्बन्ध र व्यवहारका कारण बढी चर्चित थिए । उनले दुई दशकसम्म टाटा समूहको नेतृत्व गरे । यस अवधिमा उनले यस्तो विरासत बनाए जसले नुनदेखि सफ्टवेयरसम्म धेरै क्षेत्रहरूमा आफ्नो छाप छाडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण