खानेकुरा हो कि कपाल ?

बेइजिङ । छिमेकी राष्ट्र चीन अनौठो खानेकुराका लागि चिनिन्छ । अहिले फेरि एकपटक त्यहाँ यस्तै अनौठो खानेकुराको चर्चा भइरहेको छ ।
छेङ्दुको सडकमा बिक्री भइरहेको सो खाना त्यसको स्वरूपका कारण भाइरल भइरहेको छ । सो खाना हेर्दा ठ्याक्कै मानिसको कपाल जस्तै देखिन्छ ।
फा साई वा फ्याट चोई एक प्रकारको सुकाइएको ‘साइनोब्याक्टेरियम’ हो, जुन लामो समयदेखि चिनियाँ खानाको अङ्ग रहँदै आएको छ । यो गान्सु, चाङ्सी, क्विङहाई, सिनजियाङ र भित्री मंगोलिया क्षेत्रको मरुभूमिमा फल्दछ ।
यसलाई टिप्ने बित्तिकै सुकाउने गरिन्छ । यसको स्वरूपका कारण यसलाई ‘हेयर भेजिटेबल’ (कपालजस्तै तरकारी) पनि भनिन्छ । फा साईलाई प्रायः सुपसँग खान दिइन्छ । नयाँ वर्षको अघिल्लो दिन खाँदा यसले राम्रो भाग्य दिने विश्वास गरिन्छ ।
तर, यो हेर्दा कपालको डल्लाजस्तो देखिने हुँदा केही समयदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मानिसहरूले यसलाई खाँदा कपाल खाइरहेको जस्तो देखिन्छ ।
@kk.mk74 #food #美食 美食#china ♬ 原聲 - kk mk
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने