खानेकुरा हो कि कपाल ?
बेइजिङ । छिमेकी राष्ट्र चीन अनौठो खानेकुराका लागि चिनिन्छ । अहिले फेरि एकपटक त्यहाँ यस्तै अनौठो खानेकुराको चर्चा भइरहेको छ ।
छेङ्दुको सडकमा बिक्री भइरहेको सो खाना त्यसको स्वरूपका कारण भाइरल भइरहेको छ । सो खाना हेर्दा ठ्याक्कै मानिसको कपाल जस्तै देखिन्छ ।
फा साई वा फ्याट चोई एक प्रकारको सुकाइएको ‘साइनोब्याक्टेरियम’ हो, जुन लामो समयदेखि चिनियाँ खानाको अङ्ग रहँदै आएको छ । यो गान्सु, चाङ्सी, क्विङहाई, सिनजियाङ र भित्री मंगोलिया क्षेत्रको मरुभूमिमा फल्दछ ।
यसलाई टिप्ने बित्तिकै सुकाउने गरिन्छ । यसको स्वरूपका कारण यसलाई ‘हेयर भेजिटेबल’ (कपालजस्तै तरकारी) पनि भनिन्छ । फा साईलाई प्रायः सुपसँग खान दिइन्छ । नयाँ वर्षको अघिल्लो दिन खाँदा यसले राम्रो भाग्य दिने विश्वास गरिन्छ ।
तर, यो हेर्दा कपालको डल्लाजस्तो देखिने हुँदा केही समयदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मानिसहरूले यसलाई खाँदा कपाल खाइरहेको जस्तो देखिन्छ ।
@kk.mk74 #food #美食 美食#china ♬ 原聲 - kk mk
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण