करन र भीम आज नखेल्ने, देव र सागरलाई मौका
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता अन्तरगत सोमबार राति हुने स्कटल्याण्डविरुद्धको खेलमा करन केसी र भीम सार्की नखेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनुसार केसी र सार्की घाइते हुँदै खेल्न नसक्ने भएका हुन् । उनीहरूको स्थानमा टोलीमा देव खनाल र सागर ढकाललाई स्थान दिइएको छ ।
अमेरिकामा जारी शृङ्खलामा नेपालले स्कटल्यान्डसँग चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार, राति २२ः१५ बजे सुरु हुनेछ ।
जारी शृङ्खलामा नेपालले हालसम्म एक जित र दुई हारको नतिजा निकालेको छ । नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक अमेरिकासँग तीन विकेटले पराजित पराजित भएको थियो ।
यसैगरी, आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाली टोली अमेरिकासँग ३७ रनले पराजित भएको थियो ।
लिग–२ प्रतियोगिताको यो दोस्रो संस्करण हो । दोस्रो संस्करणमा नेपालको हालसम्मको प्रदर्शन खासै सन्तोषजनक छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण