करन र भीम आज नखेल्ने, देव र सागरलाई मौका

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता अन्तरगत सोमबार राति हुने स्कटल्याण्डविरुद्धको खेलमा करन केसी र भीम सार्की नखेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनुसार केसी र सार्की घाइते हुँदै खेल्न नसक्ने भएका हुन् । उनीहरूको स्थानमा टोलीमा देव खनाल र सागर ढकाललाई स्थान दिइएको छ ।
अमेरिकामा जारी शृङ्खलामा नेपालले स्कटल्यान्डसँग चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार, राति २२ः१५ बजे सुरु हुनेछ ।
जारी शृङ्खलामा नेपालले हालसम्म एक जित र दुई हारको नतिजा निकालेको छ । नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक अमेरिकासँग तीन विकेटले पराजित पराजित भएको थियो ।
यसैगरी, आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाली टोली अमेरिकासँग ३७ रनले पराजित भएको थियो ।
लिग–२ प्रतियोगिताको यो दोस्रो संस्करण हो । दोस्रो संस्करणमा नेपालको हालसम्मको प्रदर्शन खासै सन्तोषजनक छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा