अष्टमी गुरूङ आत्महत्या प्रकरणमा अदालतको फैसलाः आरोपित निर्दोष ठहर
-बिनोद श्रेष्ठ
युएर्इ । युएर्इमा अष्टमी गुरूङ आत्महत्या प्रकरणमा आरोपित भनिएका बंगलादेशी नागरिक साइमन काजीलार्इ यहाँको उच्च अदालतले निर्दोष रहेको फैसला सुनाएको छ ।
बलात्कारपछि मानसिक यातना दिर्इ आत्महत्या गर्न बाध्य भएको भनि एक टिभी कार्यक्रममार्फत भिडियो सार्वजनिक भएपछि आत्महत्या रहस्यमय भएको भन्दै नेपाली दुतावास युएर्इले अदालतमा साइमन काजीविरूद्द मुद्दा दर्ता गरेको थियो ।
त्यसैको फैसलास्वरूप युएर्इ अदालतले गत (अप्रिल २८) मा बंगलादेशी नागरिक साइमन काजी निर्दोष रहेको फैसला गरेको दुतावास आबुधावीले जनाएको छ ।
फैसला पश्चात उक्त कम्पनीले दूतावासलाई पत्र पठाएको र आफ्नो कम्पनीको कामदार निर्दोष रहेको बताएको छ ।
युएर्इको एक प्रतिष्ठित (अरेबियन गल्फ) क्लिनिङ् कम्पनी कार्यरत गोरखा आरूघाट–२ की अष्टमी गुरूङ गत नोभेम्बर ४ मा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिर्इन् । उनको शवलार्इ १४ दिनपछि नेपाल लगि अन्तिम दाहसंस्कारको गरिएको थियो ।
तर उनले आत्महत्या गर्नुभन्दा पहिले कम्पनीकै सुपरभाईजरले बलात्कार गरेपछि आत्महत्या गरेको भिडियो मोबाइलमा रेकर्ड गराएकी भेटिएपछि घटना सार्वजनिक भएको थियो ।
आफ्नै स्थानिय गुरूङ भाषामा रेकर्ड गराएको भिडियोमा उनले आफ्ना परिवारसँग माफी माग्दै सुपरभाइजरले आफ्नो इज्जत लुटेको बताएर ‘म गएँ’ भन्दै अन्तिम वचन रेकर्ड गरेकी थिइन् ।
युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
-
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
-
कर्णालीमा सर्वदलीय बैठक : यस्ता छन् सात निर्णय
-
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
-
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
-
प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत देला ?