कीर्तिपुरको मेयरमा स्वतन्त्र चुनाव लड्दै सरसफाइ अभियन्ता राजमान
काठमाडौँ । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखमा चुनाव लड्ने राजमान (मानव) महर्जनले घोषणा गरेका छन्। २०६७ सालबाटै सरसफाइ अभियन्ताका रूपमा उदाएका उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
रातोपाटीसँग कुरा गर्दै उनले उम्मेदवारी घोषणा गरिसकेको भन्दै मङ्सिर २ गते मनोनयन दर्ता गर्ने उनले बताए । उपनिर्वाचन लड्नका लागि आफूले असोज ४ गतेबाटै नगरभित्र घरदैलो कार्यक्रमलाई अघि बढाएको उनले जानकारी दिए ।
‘मैले घरदैलो कार्यक्रम पनि सुरु गरिसके । भोली बाघ भैरवमा बिहान चियापान कार्यक्रम राखेका छौँ‚’ उनले भने । कीर्तिपुरकै लहना रेस्टुरेन्टको अध्यक्ष समेत रहेका उनले आफूलाई धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङबाट पनि सहयोग आश्वासन आएको बताए । यस्तै काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनको सचिवालयबाट पनि सम्पर्क भएको बताए ।
‘उहाँ (बालेन) को सचिवालयबाट कुरा आएको छ‚’ उनले भने । आफू नितान्त सामाजिक अभियन्ता भएको र राजनीतिक व्यक्ति नभएकाले पनि आफ्नो अभियान सफल बनाउन एक पटक पावरमा जान चाहेको उनले बताए ।
‘मेरो सरसफाइ सम्बन्धी जुन अभियान छ र मैले जसरी सोचेको छु त्यसलाई पुरा गर्न एक पटक पावरमा जान चाहेको हो‚’ उनले भने‚ ‘अभियान आफूले भने अनुसार सधैँ ढाल्न सकिने रहेनछ । पावर र अभियानले निचोड निकाल्न सकिन्छ कि भन्ने दृष्टिकोणले गर्दा खेरी एक पटक मेयर बन्न चाहेको हो ।’
करिब १५ देखि कीर्तिपुर र विभिन्न ठाउँमा सफाइ गर्दै आएका उनलाई जिताउन भन्दै धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘कीर्तिपुर नगरपालिकाका चीर परिचित समाजसेवी विश्व सरसफाइ अभियन्ता तथा सांस्कृतिक सम्पदा संरक्षणमा लागि पर्ने राजमान ज्युलाई हाम्रो स्वतन्त्र समूहले मेयरको पदमा स्वतन्त्र उम्मेदवारको रूपमा अघि सारेका छौँ १ सबैले सक्दो शेयर गरेर स्थानीयहरू माझ व्यापक प्रचार गरिदिनुहोला ! जय स्वतन्त्र !‚’ हर्कले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मूलधारका राजनीतिक दल र नेतृत्वप्रति जनताको भरोसा देखियो’
-
उपचुनावको लज्जास्पद नतिजापछि राप्रपामा हलचल, निशानामा लिङ्देन
-
ओलीको चीन भ्रमण उपलब्धिविहीन : प्रभु साह
-
राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
-
कहिले कांग्रेस, कहिले एमालेको साथले माओवादी टिकेको भन्ने प्रचार खारेज भएको छः वर्षमान
-
बङ्गलादेशमा हिन्दुहरूमाथि गरिएको अमानवीय व्यवहारबारे संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण