स्पेनमा बाढीपछि रुष्ट जनता सडकमा
म्याड्रिड । गत महिना स्पेनको भ्यालेन्सियासमेत केही क्षेत्रमा भीषण बाढीका जनधनको निकै ठुलो क्षति भएको थियो । बाडीपछि यतिबेला स्थानीय जनतामा प्रशासनविरुद्ध आक्रोश देखिन थालेको छ ।
भ्यालेन्सियामा शनिबार क्षेत्रीय प्रमुखको राजीनामा माग गर्दै हजारौँ स्थानीयले प्रदर्शन गरेका छन् । ‘आफू हिलोमा लतपत छौँ, तिमीहरू रगतमा’ भन्दै स्थानीयवासीले नारा लगाएका थिए ।
भ्यालेन्सिया र छिमेकी प्रान्तहरूमा भीषण वर्षाका कारण आएको बाढीका कारण अक्टोबरमा २ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । बाढीका कारण ८० जना अझै बेपत्ता छन् । स्थानीय अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको प्रदर्शनकारीहरूको आरोप छ । प्रदर्शनको अन्त्यमा आक्रोशित प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो ।
क्रुद्ध सर्वसाधारणले फुटाएका भत्किएका झ्यालका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गर्दै भ्यालेन्सियाका मेयर मारिया जोसे क्याटालाले बर्बरता कुनै पनि समस्याको समाधान नभएको बताएकी थिइन् । भ्यालेन्सिया सिटी काउन्सिलले पनि प्रदर्शनको क्रममा भएको तोडफोडको निन्दा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण