माओवादीले क–कसलाई बनायो उम्मेदवार ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारहरू अनुमोदन गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले सातै प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवार अनुमोदन गरेको प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकले सबै स्थानमा एक्लै निर्वाचनमा उठ्ने निर्णय गरेको छ । यद्यपि आवश्यकता अनुसार केही स्थानमा समाजवादी मोर्चामा रहेका दलहरूसँग सहकार्यका लागि ढोका खुला राखिएको माओवादी केन्द्रले जनाएको छ ।
गत महिना बसेको पदाधिकारी बैठकले कात्तिक २५ गतेसम्म रिक्त सबै स्थानीय तहबाट उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो । यद्यपि सबै प्रदेशमा उम्मेदवार टुङ्गो लागिसकेको छैन ।
संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा एक नगर प्रमुखसहित ६ वडाध्यक्षको निर्वाचन हुँदैछ । माओवादीले बागमती प्रदेश अन्तर्गत काठमाडौँ महानगरपालिका–१६ बाहेक सबै स्थानको उम्मेदवार टुङ्गो लगाइसकेको छ ।
कोशी प्रदेशमा एक जिल्ला समन्वय समिति प्रमुख, एक गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष गरी रिक्त ९ पदका लागि निर्वाचन हुँदैछ । यस प्रदेश अन्तर्गत सबै पदमा उम्मेदवार टुङ्गो लागेको माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।
यसैगरी मधेस प्रदेशका ४ जिल्लाको ६ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । जसमध्ये रौतहटको गढीमाई नगरपालिका–८ मा उम्मेदवारी नदिने प्रदेश इन्चार्ज लिलामणि पोखरेलले जानकारी दिए । अन्य सबै स्थानमा उम्मेदवार सिफारिस भइसको उनले बताए ।
गण्डकीको एकमात्र रिक्त पद गोरखा नगरपालिका–५ को वडाध्यक्षमा उम्मेदवार टुङ्गो लागिसकेको इन्चार्ज अमर तमुले जानकारी दिए ।
यस्तै लुम्बिनी प्रदेशको रिक्त ६ स्थान सबैमा माओवादीले उम्मेदवार टुङ्गो लगाएको प्रदेश अध्यक्ष सुर्दशन बरालले जानकारी दिए ।
माओवादीको आधार क्षेत्र रहेको कर्णाली प्रदेशको ८ स्थानीय तहमध्ये डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ र हुम्लाको सर्केगाँड गाउँपालिकाका उपप्रमुख पदमा उम्मेदवार सिफारिस हुन बाँकी छ ।
सुदूरपश्चिम प्रदेशको एक जिल्ला समन्वय समिति प्रमुखसहित ५ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । यहाँ कैलाली जिल्ला समन्वय समिति प्रमुख पदका लागि माओवादी केन्द्र कुनै निष्कर्षमा पुगेको छैन । ०७९ को निर्वाचनमा समन्वय समितिको उपप्रमुखमा माओवादीले जितेको थियो ।
कुन स्थानीय तहमा को–को सिफारिस भए ?
- कोशी
झापाको कन्काई नगरपालिका–६, गणेश थापा
ताप्लेजुङको सिरीजंगा गाउँपालिका–३, उम्मेदवार टुङ्गिन बाँकी
तेह्रथुमको लालिगुराँस नगरपालिका–८, कुमार बराइली
सुनसरीको गडी गाउँपालिका–६, कुशेश्वर खेरवार
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, नमोनारायण माझी
ओखलढुंगाको मोलुङ गाउँपालिका–५, बाँकी
ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुख, बाँकी
उदयपुरको त्रियुगा नगरपालिका–१२, नविन वान्तवा राई
बेलका नगरपालिका–९, भरत घिमिरे
- मधेस प्रदेश
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१, प्रमोद कुमार चन्द
डाक्नेश्वरी नगरपालिका –४, विन्दादेवी राम
धनुषाको धनुषाधाम नगरपालिका–१, सुनिल कुमार कापर
महोत्तरीको रामगोपाल नगरपालिका–२, आइपी कुमारी यादव
रौतहटको ईशनाथ नगरपालिका–७,
राजपुर नगरपालिका–६,
गढीमाई नगरपालिका–८, उम्मेदवार नउठाउने ।
- बागमती
काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख– प्रा.डा.शिवशरण महर्जन
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष– निमलेकी शेर्पा
काठमाडौँको कीर्तिपुर नगरपालिका–१, अष्टमान महर्जन
कीर्तिपुर नगरपालिका–४, नारायण बिष्ट
नुवाकोटको ककनी गाउँपालिका–२, मिलन घिमिरे
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, नविन प्रधान
काठमाडौँ महानगरपालिका–१६, बाँकी
- गण्डकी
गोरखा नगरपालिका– ५, विष्णु राना मगर
- लुम्बिनी
गुल्मीको मुसिकोट नगरपालिका–१, दुर्गा विक
रोल्पाको रुन्टीगढी गाउँपालिका–४, (फाइनल हुन बाँकी)
रुकुम(पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष ज्ञानदेवी पुन
पुथा उत्तरगंगा–२, जगत घर्ती
कपिलवस्तुको शुद्धोधन गाउँपालिका– रफिक महोम्मत खान मुसलमान
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ शेरबहादुर थारु(०७४ को निर्वाचित वडाध्यक्ष) ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४, नरेशजंग शाही
- कर्णाली
दैलेखको महाबु गाउँपालिका अध्यक्ष– जंग बराल
दुल्लु नगरपालिका–१३, धकेन्द्र शाही
कालिकोटको तिलागुफा नगरपालिका–४, कमल शाही
जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख– देवका लामिछाने
कुसे गाउँपालिका–७, गोरख नेपाली
रुकुम(पश्चिम)को सानीभेरी गाउँपालिका–५, जसीराम बस्नेत
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, बाँकी
हुम्लाको सर्केगाँड गाउँपालिकाका उपप्रमुख, बाँकी
- सुदूरपश्चिम
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष– नाम आउन बाँकी
बझाङको सुर्मा गाउँपालिका–४, बेलुकासम्म टुङ्गो लाग्ने ।
डोटीको पूर्वीचौकी गाउँपालिका–६, देवीलाल थापा
दार्चुलाको दुहुँ गाउँपालिका–५, मंगलबार टुङ्गो लाग्ने
कञ्चनपुरको भीमदत्त नगरपालिका–६, नानाराम कोली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी कसैको ऋणको पासोमा पर्दैनौँ, बीआरआईबारे संसदमा बहस गरौँ : गगन थापा
-
‘आगन्तुक भन्ने पञ्चायतकालीन भाष्य हो’
-
आठ लाख खर्चेर विद्यालयमा विज्ञान प्रयोगशाला
-
शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुंगोमा पुग्छ : प्रचण्ड
-
उड्डयन सुरक्षाका निम्ति सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे
-
देव र विलियमको अर्धशतक, अन्य ब्याटर नचल्दा १ सय ३३ रनमा रोकियो कर्णाली