अष्ट्रेलियामा ‘नेपाल महोत्सव’ हुँदै
काठमाडौँ । आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने भएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने महोत्सव डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुने भएको हो ।
नेपाली कला संस्कृति रीतिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्भाव एकता र भाइचारा बढाउन महोत्सव आयोजना गरिएको आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिए ।
करिब ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सवको तयारी छ महिना अगाडिबाट गरिएको हो । नेपाली परम्परा, संस्कृति, वेशभूषा र खानालाई बाहिरी मुलुक र समाजसँग परिचित गराउने मुख्य अभियान रहेको उनको भनाइ छ ।
यो महोत्सवले देश चिनाउने अवसरसँगै नेपाली समाजलाई एकसुत्रमा बाँध्ने कामका साथै बहुसांस्कृतिक समुदायलाई नेपाली समाजसँग चिरपरिचित गराउन मद्दत गर्ने संयोजक कुँवरले बताए । “यसपालिको महोत्सवमा अष्ट्रेलियामा बढ्दो पछिल्लो पुस्ता अर्थात यहाँ जन्मेका नेपाली बालबालिकालाई नेपाल के हो भनेर चिनाउने र एकदिन भए पनि नेपाली पोसाकमा सजिएर नेपाली झण्डा बोक्दै म नेपाली हो भनेर चिनाउने मौका पाउँछन्”, उनले भने, “अष्ट्रेलियाको उच्च राजनीतिक तहमा हाम्रो समुदायको उपस्थिति प्रदर्शन गर्ने यो एउटा गतिलो अवसर हो ।”
कुँवरका अनुसार महोत्सवस्थल तोमलोङ पार्कमा १४ वटा खाद्य स्टल र चाइनिज गार्डेनमा थप ३५ वटा स्टल रहने छन् । नेपाली समुदायका गतिविधि, व्यापारिक उत्पादन, शैक्षिक परामर्श, नेपाली खाना ढिँडो, गुन्द्रुक, मःमः सेलरोटीलगायत, नेपाली हस्तकलासम्बन्धी सामान प्रदर्शन गरिने छ ।
यसपालि बागमती हस्तकलाले विशेष ‘ह्याण्डीक्राफ्ट’ प्रदर्शनी गर्ने उनको भनाइ छ । महोत्सवको लागत करिब दुई लाख ५० हजार डलर अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा
-
सर्वकालिक महान् चलचित्र ‘दो बिघा जमिन’
-
अखिल (क्रान्तिकारी) को तेस्रो केन्द्रीय समितिको बैठक सुरु
-
बाजुरा र हुम्लाको सीमा विवाद : सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो
-
अब हाम्रो भेट विश्वकपपछि मात्र हुनेछ प्रिया !
-
च्याटजिपिटी संवादका कारण गयो युवतीकाे ज्यान, एआई विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण