काठमान्डु गुर्खाजको ट्यालेन्ट हन्ट सुरु
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली काठमान्डु गुर्खाजले मंगलबार ट्यालेन्ट हन्ट कार्यक्रम सुरु गरेको छ । काठमाडौँको बालुवाटार स्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) मा पहिलो दिनको छनोटमा ठुलो सङ्ख्यामा खेलाडीहरू आफ्नो प्रतिभा देखाउन आएका थिए ।
काठमान्डु गुर्खाजको प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले आफ्नो टोली वाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने भएकाले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतका काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोट जिल्लालाई केन्द्रित गरेर ट्यालेन्ट हन्ट आयोजना गरिएको बताए । उनका अनुसार यसका लागि अनलाइन आवेदनमा ३ सय ८० खेलाडीले आफ्नो नाम दर्ता गरेका थिए, जसमा सीईसी काठमाडौँमा १ सय ५० खेलाडीले ट्यालेन्ट हन्टमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
नेपाल क्रिकेट संघका सचिव एवं वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का, काठमान्डु गुर्खाजका कार्यकारी प्रमुख अधिकृत सन्देश कटवाल, नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष एवं बालुवाटार क्रिकेट क्लबका अध्यक्ष उपेन्द्रप्रसाद भट्टराईले ब्याटिङ, बलिङ र विकेटकिपिङ गरेर ट्यालेन्ट हन्टको उद्घाटन गरेका थिए । सो अवसर क्यानका सदस्य एवं प्रवक्ता छुम्बी लामा, वाग्मती प्रदेश एवं काठमाडौँ जिल्लाका सदस्य अरुण सत्याल, काठमाडौँ जिल्ला क्रिकेट संघका उपाध्यक्ष कोषाध्यक्ष विजितध्वज चन्दको उपस्थिति थियो ।
क्यानका सचिव पारस खड्काले ट्यालेन्ट हन्टबाट १ जना खेलाडीले मात्र काठमान्डु गुर्खाजबाट एनपीएल खेल्न पाउने भए पनि ट्यालेन्ट हन्टमा आएका सबै खेलाडी आजको दिनबाट गुर्खाज परिवारमा आबद्ध भएको जनाएका थिए । ‘म पनि २२–२३ वर्ष अघि तपाईँहरू जसरी नै यही बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भएर आज यो स्थितिमा आएको छु, आज तपाईँहरूलाई पनि यसरी नै अगाडि बढ्ने मौका काठमाडौँ गुर्खाजले जुराइदिएको छ,’ पारसले भने, ‘एनपीएललाई लिएर चासो र उत्साह दिन प्रतिदिन बढ्दै गएकाले यो नेपाली खेलकुदकै ठुलो इभेन्ट बन्ने आशा लिएको छु ।’
क्यानका पूर्व उपाध्यक्ष भट्टराईले नेपाली क्रिकेटको विकासमा बालुवाटार क्रिकेटको योगदान निकै ठुलो रहेको र यसलाई निरन्तरता दिने कार्यक्रम जारी रहेको जनाए । वाग्मती प्रदेश एवं काठमाडौँ जिल्लाका सदस्य अरुण सत्याल ट्यालेन्ट हन्टबाट एक जनामात्र खेलाडी छनोट भए पनि राम्रा अन्य खेलाडीलाई जिल्ला र प्रदेशको टोलीका लागि पनि राखिने जनाए ।
काठमान्डु गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाहीले ट्यालेन्ट हन्टले सबै खेलाडीलाई मौका दिने र एक उत्कृष्ट खेलाडी बाहेक अन्य ४–५ खेलाडीलाई टिमसँगै राखेर प्रशिक्षणमा समावेश गरिने बताए । काठमाडौँ गुर्खाजको दोस्रो दिनको ट्यालेन्ट हन्ट बुधबार सीईसी भक्तपुरमा, तेस्रो दिन बिहीबार ललितपुरको हात्तिबन स्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रारम्भिक छनोटको कार्यक्रम हुनेछ भने शनिबार काठमाडौँ काँडाघारीमा स्थित वान डे क्रिकेट एकेडेमीमा अन्तिम छनोट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमले भित्र्यायो क्यानडाका बाजवा
-
टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु
-
मुस्ताङको घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध
-
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीन जना पक्राउ
-
लोकतन्त्रमा देखिने गरी काम भएको छ : महासचिव पोखरेल
-
विराटनगर घोषणापत्र जारी गर्दै बाल विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न