हवाई भाडा बढेको विषयमा एनटीयूसीको ध्यानाकर्षण
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले हवाई भाडा बढेको सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत सम्भारका नाममा उडान सेवा घटेलगत्तै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा अत्यधिक वृद्धि भएको भन्दै एनटीयूसीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
भाडा वृद्धिकै कारणले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले हवाई टिकट मूल्य वृद्धिका कारण ठुलो आर्थिक भार खेप्नु परेको भन्दै विदेश जाने दैनिक दुई हजार नेपाली युवाहरू यसबाट ठगिएको एनटीयूसीको गुनासो छ । चर्को मूल्य भुक्तानी गरी बाध्यतापूर्वक यात्रा गर्नु परिरहेको र आफूहरू त्यसबाट ठगिएको गुनासो समेत गरिरहेका छन् ।
एटीयूसीले छिमेकी मुलकबाट यात्रा गर्दा हवाई भाडा नेपालको तुलनामा आधाजसो कम रहेको समेत पाइएको भन्दै नेपाल नागरिक उड्यान प्राधिकरण र मन्त्रालयलाई यसमा नियमन गर्न आग्रह गरेको छ । ती निकायले वायुसेवा कम्पनीहरूलाई सचेत गराइ पनि नतिजा शून्य देखिएको एनटीयूसीको भनाइ छ ।
हवाई भाडा वृद्धिकै कारण नेपाल आउने पर्यटक आगमन घट्ने र सो क्षेत्रमा काम गर्ने श्रमिकहरूको रोजगारीमा समेत प्रत्यक्ष प्रभाव पर्ने भएकोले यो र त्यो बहाना टिकटको मूल्यवृद्धि गर्न नहुने एनटीयूसीघको भनाइ छ ।
यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायत सरोकारवाला सबै पक्षहरुलाई अविलम्ब संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न समेत एनटीयूसीले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण