नागढुङ्गा सडक आजदेखि एक साता आंशिक रुपमा बन्द
बिहीबार, २९ कात्तिक २०८१, १४ : ४९

काठमाडौँ । नागढुङ्गा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ ।
नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।
सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुने जनाएको छ ।
उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ । यसैगरी २०÷२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा करेन्ट लागेर कर्मचारीको मृत्यु
-
दक्षिण पश्चिमी चीनमा पहिरो, चारको मृत्यु
-
रवि लामिछानेका कानुन व्यवसायीको जवाफी बहस सुरु
-
पाकिस्तानले आफ्नो आकाशमा इन्डिगोको विमानलाई छिर्न नदिएपछि...
-
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन अध्यक्ष ढकालको आग्रह
-
बेलायतले मौरिससलाई दियो चागोस टापुहरू