१५ पदमा एकीकृत समाजवादी एक्लै उपनिर्वाचन लड्ने, बाँकी पदमा सहकार्यको नीति
काठमाडौँ । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी ४४ मध्ये १५ वटा पदमा एक्लै चुनाव लड्ने भएको छ ।
उपमहासचिव रामकुमार भट्टराईले ४४ मध्ये १५ पदमा पार्टी एक्लै चुनाव लड्ने तयारीमा रहेको बताए । उनका अनुसार बाँकी पदमा विचार मिल्नेहरूसँग सहकार्य गर्न सकिने गरी छलफल भइरहेको छ ।
‘मधेस प्रदेशका ५ वटा बडा, काठमाडौँ महानगरपालिका वडा नम्बर १६, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष, उदयपुर, मोरङ, सुनसरी, ठाकुरवावा र शुद्धोधनमा हाम्रो पार्टी एक्लै चुनाव लड्छ’, भट्टराईले भने, ‘बाँकी पदमा अन्य पार्टीसँग सहकार्यका आधारमा निर्णय गर्छौँ ।’
सो पार्टीले एक्लै चुनाव लड्ने भनेका स्थानका लागि अहिलेसम्म सबै उम्मेदवार भने सार्वजनिक गरिसकेको छैन ।
‘उम्मेदवारी मनोनयन गर्ने दिनसम्म सबै सार्वजनिक गर्छौँ’, पार्टी केन्द्रीय कार्यालयका सचिव समेत रहेका भट्टराईको भनाइ छ ।
एकीकृत समाजवादीले कीर्तिपुर नगरपालिकाको मेयरसहित वडाध्यक्षमा माओवादी केन्द्रलाई सघाउने लगभग निश्चित भएपनि औपचारिक निर्णय हुन बाँकी रहेको नेताहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण