हेटौँडा-१२ मा हुने उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
मकवानपुर । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
उक्त वडामा रिक्त रहेको वडा अध्यक्ष पदको निर्वाचनका लागि शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले वडा कार्यालय भवनमा बोर्ड राख्दै कार्यालय स्थापना भएको घोषणा गरिन् ।
उक्त अवसरमा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
गत स्थानीय तह निर्वाचनमा यस वडाबाट नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदमा विजयी ललित बहादुर घलान जिल्ला समन्वय समितिका प्रमुखमा निर्वाचित भएसँगै अध्यक्ष पद रिक्त रहेको थियो ।
निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यतालिका अनुसार मंसिर २ गते आइतबार उम्मेदवारको मनोनयन दर्ता, उम्मेदवारको सूचि प्रकाशन, ३ गते उम्मेदवारको विरोधमा उजुरी, उजुरी उपर जाँचबुझ र निर्णय सार्वजनिक गरिने छ ।
यस्तै ४ गते उम्मेदवारको नामावली प्रकाशन, ५ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका रहेको छ ।
आयोगले उपलब्ध गराएको तथ्याङ्क अनुसार यश वडामा ४ हजार ४२८ जना पुरुष र ३ हजार ६२५ जना महिला गरी कुल ८ हजार ५३ मतदाता रहेका छन् ।
उपचुनावका लागि वडामा दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा ५ वटा बुथ रहने छ भने विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा ४ रहने बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण