‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा कार्यक्रम’ सरकारले भाँड्न खोजेको प्रभु साहको आरोप
सप्तरी । आजपा अध्यक्ष प्रभु साहले पार्टीको मधेस प्रदेश कमिटीले गरेको ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रम सरकारले बिथोल्न खोजेको आरोप लगाएका छन् ।
शनिबारदेखि सप्तरीबाट सुरु कार्यक्रमलाई सरकारको निर्देशनमा प्रहरी परिचालन गरेर बिथोल्न खोजिएको साहको भनाइ छ ।
‘हाम्रो अभियान टोलीका कलाकार, पत्रकार र युवाहरूको गाडीलाई आज सिरहा र सप्तरीमा प्रहरीद्वारा बिना कारण घण्टौँ रोकेर अपमान गर्ने र कार्यक्रम भाँड्ने कार्य भएको छ’ साहले भने, ‘म यो सरकारलाई सोध्न चाहन्छु, शान्तिपूर्ण सभा जुलुस गर्ने संवैधानिक हक के खोसिएको हो ? निर्वाचन आयोगमा दर्ता पार्टी र तिनका वैधानिक जनसंगठनको गतिविधि रोक्ने सरकारको यो निकृष्ट गतिविधिलाई नेपाली जनताले कसरी लिने ?’
_M07cZ0dwWa.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा प्रहरी प्रयोग गरी आजपाद्वारा आयोजित भ्रष्टाचार विरुद्ध मधेस यात्रा कार्यक्रम भाँड्न खोजिएको उनले आरोप लगाए ।
जस्तोसुकै अवरोध भएपनि सप्तरीबाट सुरु भएको आजपाको भ्रष्टाचार विरुद्ध मधेस यात्रा पाँच दिनसम्म चल्ने र पूरा गरिछाड्ने साहले बताए । । भ्रष्टाचार विरुद्धको मधेस यात्रा कार्यक्रम मधेसका विभिन्न जिल्लामा भेला, बैठक, खबरदारी सभा, अन्तरक्रिया, भेटघाट लगायतका कार्यक्रम गर्दै वीरगन्ज पुगेर समापन हुने आजपाले जनाएको छ ।
मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महँगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । सोही विषयलाई लिएर आजपाले काठमाडौँमा आजै विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेशमा जागरण अभियान सञ्चालन गरेको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण