उपनिर्वाचनका लागि कांग्रेसबाट रौतहटमा क–कसले पाए टिकट ?
रौतहट । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि रौतहटको तीनवटै वडाको अध्यक्ष पदको उम्मेदवारलाई टिकट वितरण गरेको छ। आगामी मङ्सिर १६ गते आइतबार रिक्त पदहरूमा रौतहट सहित देशैभर स्थानीय तहको उपनिर्वाचन हुँदै छ ।
रौतहटको गढीमाई नगरपालिका–८, राजपुर नगरपालिका–६ र इशनाथ नगरपालिका–७ गरी तीन ठाउँमा उपनिर्वाचन हुन लागेको छ। नेपाली कांग्रेसले यस अघि नै चयन गरेका यी तीनवटै वडाको अध्यक्ष पदका उम्मेदवारलाई टिकट वितरण गरेको कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिएका छन्।
कांग्रेसबाट गढीमाई नगरपालिका–८ मा सुबोध कुमार यादव, राजपुर नगरपालिका–६ मा सम्से आलम र इशनाथ नगरपालिका७ मा शेख अब्दुल खलिकले टिकट पाएको प्रचार विभाग प्रमुख गुप्ताले बताए।
उपनिर्वाचन हुन् लागेको जिल्लाको यी तीनवटै वडामा कांग्रेसका ठुलो जनाधार रहेकोले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा तीनवटै वडा कांग्रेसले नै जित्ने गुप्ताको दाबी छ।
आज मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेकोले मनोनयन दर्ता कार्यक्रममा भारी सङ्ख्यामा नेता कार्यकर्तालाई सहभागी हुन उनले सबैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण