मंगलबार पार्टी प्रवेश गरेकालाई एमालेले थमायो टिकट
आइतबार, ०२ मङ्सिर २०८१, ११ : २३
दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनका लागि नेकपा एमालेले जंगबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । स्मरण रहोस् शाही मंगलबार मात्रै एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य रहेका शाहीलाई कर्णालीका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले दैलेख पुगेर पार्टीमा स्वागत गरेका थिए ।
उम्मेदवार बनेका शाही पुर्व एमाले नै हुन् । ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर पाँच वर्ष चलाइसकेका हुन् । यद्यपि तत्कालीन एमाले विभाजन हुँदा अध्यक्ष भइरहेकै बेला उनी माधवकुमार नेपाल नेतृत्वको समाजवादीतिर लागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण