उपनिर्वाचन
हेटौँडा–१२ को अध्यक्षमा रास्वपाका बलको मनोनयन दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, ११ : ४७
मकवानपुर । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्ष पदका लागि रास्वपाका आशा वीर बलले मनोनयन दर्ता गरेका छन् । हेटौँडा-१२ स्थित वडा कार्यालयमा पुगेर बलले मनोनयन दर्ता गरेका हुन् ।
उनले राजदेव लामाको प्रस्ताव र चन्द्र बहादुर स्याङ्तानको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।
गत २०७९ को निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित घलान जिल्ला समन्वय समिति प्रमुख बने सँगै हेटौँडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो । सो रिक्त पदका लागि मङ्सिर १६ मा निर्वाचन हुने तय भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण