झाँसी अग्नि काण्ड : मृत्यु हुने बालबालिकाको संख्या ११ पुग्यो
नयाँ दिल्ली । भारतको झाँसी मेडिकल कलेजको एसएनसीयूमा आइतबार भएको आगलागीमा मृत्यु हुने नवजात शिशुको संख्या ११ पुगेको छ । एसएनसीयूमा शुक्रबार राति सर्ट सर्किटका कारण आगलागी भएको थियो ।
जसमा १० बालबालिकाको मृत्यु भएको थियो । दुर्घटनाको समयमा एसएनसीयूमा ४९ जना नवजात शिशुहरू थिए । ३९ नवजात शिशुको उद्धार गरिएको थियो । आइतबार उपचारका क्रममा अर्का एक बालकको मृत्यु भएको अस्पतालका डीएम अविनाश कुमारले बताएका छन् । योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
लोड घटाउन बिर्सिएपछि भएको थियो सर्ट
सर्किट नवजात शिशु सघन उपचार कक्ष (एसएनसीयू)मा शुक्रबार खबेर राति आगलागी हुनुको कारण खुल्न सकेको छैन । अस्पताल प्रशासनले सर्ट सर्किटका कारण आगलागी भएको कुरा स्वीकार गर्दै आए पनि सर्ट सर्किट कसरी भयो भन्ने जवाफ दिन अधिकारी तयार छैनन् । शुरुआती अनुसन्धानमा एसएनसीयूमा उपकरणमा अत्यधिक लोड भएकाले सर्ट सर्किट भएको खुलासा भएको छ । यसपछि आगोको झिल्को अक्सिजन कन्सेन्ट्रेटरसम्म पुग्यो । त्यसपछि आगो अनियन्त्रित भएको थियो । प्रहरीले आगलागीका अन्य पक्षबारे पनि अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
खनाल आयोगका सुझाव तत्काल कार्यान्वयन गर्न नसक्ने सरकारको संकेत