माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दै, के–के छन् एजेण्डा ?
आइतबार, ०२ मङ्सिर २०८१, १८ : २९
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो । थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण