राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान
शुक्रबार, ०७ मङ्सिर २०८१, ०९ : ०२
काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ ।
शैक्षिक योग्यता र अनुभव हासिल भएका इच्छुक योग्य नेपाली नागरिकले एक्काइस दिनभित्र कम्पनीको कार्यालय रामशाह पथ, काठमाडौँमा दरखास्त दिन सक्नेछन् ।
उम्मेदवार आफैँले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको कागजातको प्रतिलिपि, पाँच हजार शब्दमा नबढ्ने गरी तयार गरिएको कम्पनीको व्यावसायिक कार्ययोजना पनि आवेदनसँगै पेस गर्न आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण