आप्रवासी गीतकारहरूको बृहत् भेला अमेरिकामा हुने
अमेरिका । आप्रवासी नेपाली गीतकार सङ्घ अमेरिकाको प्रथम वार्षिक साधारण भेला आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा आयोजना हुने भएको छ । ज्ञान र विद्याकी देवी सरस्वतीको उपासना गर्ने दिन पारेर सङ्घले भेला गर्न लागेको हो ।
अमेरिकामा रहेर नेपाली साहित्यको विशेषगरि गीत रचनामा निरन्तर लागि रहेका गीतकारहरूको सामूहिक संस्था भएकोले भेलामा साहित्य सम्बन्धी महत्त्वपूर्ण चर्चा परिचर्चा सहित सांस्कृतिक एवं साहित्यिक कार्यक्रमहरू समेत हुनेछ । कार्यक्रममा केहि नयाँ कृतिहरूको लोकार्पण पनि गरिने सङ्घका अध्यक्ष हरि उप्रेतीले जानकारी दिए ।
सङ्घको यो प्रथम कार्यक्रम भएकोले यसलाई सकेसम्म भव्य र सभ्य बनाउन उत्तर अमेरिकामा रहेका सबै गीतकार, साहित्यकार एवं संगीतकलाकर्मी सर्जकहरूबाट ठुलो सङ्ख्यामा सहभागिता गराउने प्रयासमा सङ्घ प्रयत्नशील गहेको कुरा सङ्घका संरक्षक वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालले बताए । समारोह ओहायो राज्यको रेनल्डसबर्ग सहरमा हुनेछ । उक्त भेलाले सङ्घको भावी योजना एवं कार्यदिशा समेत तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण