आप्रवासी गीतकारहरूको बृहत् भेला अमेरिकामा हुने

अमेरिका । आप्रवासी नेपाली गीतकार सङ्घ अमेरिकाको प्रथम वार्षिक साधारण भेला आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा आयोजना हुने भएको छ । ज्ञान र विद्याकी देवी सरस्वतीको उपासना गर्ने दिन पारेर सङ्घले भेला गर्न लागेको हो ।
अमेरिकामा रहेर नेपाली साहित्यको विशेषगरि गीत रचनामा निरन्तर लागि रहेका गीतकारहरूको सामूहिक संस्था भएकोले भेलामा साहित्य सम्बन्धी महत्त्वपूर्ण चर्चा परिचर्चा सहित सांस्कृतिक एवं साहित्यिक कार्यक्रमहरू समेत हुनेछ । कार्यक्रममा केहि नयाँ कृतिहरूको लोकार्पण पनि गरिने सङ्घका अध्यक्ष हरि उप्रेतीले जानकारी दिए ।
सङ्घको यो प्रथम कार्यक्रम भएकोले यसलाई सकेसम्म भव्य र सभ्य बनाउन उत्तर अमेरिकामा रहेका सबै गीतकार, साहित्यकार एवं संगीतकलाकर्मी सर्जकहरूबाट ठुलो सङ्ख्यामा सहभागिता गराउने प्रयासमा सङ्घ प्रयत्नशील गहेको कुरा सङ्घका संरक्षक वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालले बताए । समारोह ओहायो राज्यको रेनल्डसबर्ग सहरमा हुनेछ । उक्त भेलाले सङ्घको भावी योजना एवं कार्यदिशा समेत तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने, विकल्पमा यी रुट प्रयोग गर्न सुझाव
-
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको प्रदर्शन
-
सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच छलफल सुरु
-
मस्तिष्क ट्युमरबाट बच्ने ६ उपाय
-
सुनकोसीमा डुबेर एकजनाको मृत्यु